लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

डेनमार्कमा तीनदिने नेपाल महोत्सव हुने

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 1760 पटक हेरिएको

काठमाडौं, पुस २८ । डेनमार्कमा नेपालको उत्पादन र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले डेनमार्कमा रहेका नेपाली व्यवसायी र स्थानीयहरुले डेनमार्कको कोपनहेगनमा नेपाल महोत्सवको आयोजना गर्ने भएका छन् ।

नेपाल हाउस कोअपरेटिभ्स एप्स डेनमार्कले विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी मेमा तीनदिने नेपाल महोत्सव गर्न लागेको जानकारी दिएको हो ।

व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्र नेपाल, नेपाल पर्यटन विभाग, वाणिज्य मन्त्रालय र पर्यटन मन्त्रालयको सहयोगमा आयोजना हुने उक्त महोत्सवमा नेपालीका ५० ओटा स्टलहरु रहने बताइएको छ ।

महोत्सवमा पश्मिना तथा ढाकाका सामग्रीहरु, नेपाली वाइन, च्यूरा, काष्ठकला, मूर्तिकला, थांका पेन्टिङ र वाइवाइ चाउचाउलगायतका उत्पादनहरु राखिने जानकारी दिइयो ।

त्यसैगरी, नेपालमा युरोपेली पर्यटकलाई आकर्षित गर्न नेपाली कला र संस्कृतिसम्बन्धी जानकारीहरु सो अवसरमा दिइने पनि बताइएको छ ।

महोत्सवमा गायक दीपक बज्राचार्यको नेतृत्वको सांगीतिक टोलीले म्यूजिक कन्सर्ट पनि प्रस्तुत् गर्ने कार्यक्रम रहेको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework