लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

‘एभरडाइम’को डिष्ट्रिब्युटर्समा एफजी इन्करपोरेटेड प्रालि नियुक्त

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित, 806 पटक हेरिएको

काठमाडौं, चैत ६ । एभरडाइमको डिष्ट्रिब्युटर्समा एफजी इन्करपोरेटेड प्रालि नियुक्त भएको छ ।

सन् १९९४ मा डेउ हेभी इन्डष्ट्रिज कोरियाको भगिनी कम्पनीकोरुपमा स्थापित एभरडाइम अहिले विश्वकै प्रतिष्ठित कम्पनीकारुपमा स्थापित रहेको दाबी गरिएको छ ।

अहिले यसका रकब्रेकर तथा एट्याचेमन्ट, फायर फाइटिङ भेइकल, टावरक्रेनजस्ता उत्पादनहरु विश्वका ८० भन्दा बढी मुलुकमा लोकप्रिय रहेको पनि दाबी गरिएको छ ।

नेपालमासमेत एभरडाइमका रकब्रेकरहरु अत्यन्तै रुचाइएको जनाइएको छ ।

विभिन्न खानी, सिमेन्ट कारखाना तथा निर्माण कम्पनीहरुमा ७५ थानभन्दा बढीको संख्यामा एभरडाइम रकब्रेकरहरु नेपालमा चलिरहेको र यसको माग दिनानुदिन बढ्दै गएकाले एफजी इन्करपोरेटेडलाई डिष्ट्रिब्युटर्सलाई आधिकारिक वितरक नियुक्त गरिएको जानकारी गराइएको हो ।

फोर्स ग्रुपअन्तर्गतको एफजीले बजार विस्तार र बिक्रीपछिको सेवामा समर्पित रहने जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework