लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

विमानबाट इन्धन चुहिएको विषयमा छानबिन गर्न समिति गठन

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 11729 पटक हेरिएको

काठमाडौं, चैत ७ । विमानबाट इन्धन चुहिएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।

                                                                                    फाइल फोटो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एअरलाइन्सको पार्किङ गरिराखिएको एअरबस ए३२० विमानबाट यही चैत १ गते साँझ करिव ५००० टन एटीएफ फ्युल विमानस्थलमा चुहिएको थियो ।

यस विषयमा विस्तृत छानबिन गरी १५ दिनभित्र राय–सुझावसहितको प्रतिवेदन पेस गर्न सोमबार छानबिन समिति गठन गरिएको पर्यटन मन्त्रालयले जनाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हरिभक्त श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले भविष्यमा यस्ता घटना हुन नदिन एवं यससम्बन्धी जिम्मेवार पदाधिकारीहरुलाई के–कस्तो कारबाही गरिनुपर्छलगायतका विषयमा सिफारिस गर्ने जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework