लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

सेतीनदी किनारमा ‘जिल्लाकै’ नमुना कृषिफार्म, युवाहरुका लागि प्रेरणाको स्रोत

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित,

प्रदीप पौडेल (इमेज): पोखरा, वैशाख ७ । पोखराको पोखरा-लेखनाथ महानगरपालिकाका एक कृषकले सेतीनदी किनारको जग्गा भाडामा लिएर कृषिफार्म सन्चालन गरेका छन् । जुन फार्म अहिले जिल्लाकै नमुना कृषिफार्म बनेको छ ।

भारतीय सेनाबाट अवकासप्राप्त लिला लामिछानेले ८ वर्षअघि सेतीको छेउमा ५२ रोपनी जग्गा खरिद गरेका थिए । तर, सरकारले उद्योगका लागि नयाँ मापदन्ड ल्याएपछि क्रसर उद्योगको सपना चकनाचुर बन्यो ।

केहि समय अन्योलमा रहेका लामिछानेले व्यावसायिक कृषिफार्मको सोच ल्याए । ढुंगा, गिटी, बालुवाले भरिएको जमिनमा उनले अहिले तरकारी खेती र पशुपालन गरेका छन् । सो फार्म युवाहरुका लागि प्रेरणाको स्रोतसमेत बनेको छ ।

धेरै युवाहरु वैदेशिक रोजगारतर्फ आकर्षण भएकोबेला लामिछानेको फार्ममा दैनिकजसो अवलोकनका लागि कृषकहरु जाने गरेका छन् ।

लामिछानेले नमुना अर्गानिक कृषि तथा पशु विकास फार्ममार्फत् ८ जनालाई रोजगारीसमेत दिएका छन् ।

फर्ममा माछा, भैंसी, बाख्रा, कुखुरा रहेका छन् । टनेल बनाएर तरकारी खेतीसमेत गरेका छन् । फार्मबाट दूध, तरकारी, मासु बेच्ने गरेको लामिछाने बताउँछन् ।

तीन करोड रुपैयाँको लगानीमा सुरु गरेको फार्ममा हालसम्म सरकारी तहबाट पाउनुपर्ने सुविधा भने नभएको गुनासो लामिछानेको छ ।

लामिछानेले तीनओटा पोखरीमा माछापालन, ६० ओटा भैंसी, एक सय बाख्रा र ८ हजार लोकल कुखुरा पालेका छन् ।

कास्कीमा साना–ठूला गरी ६० भन्दा बढी कृषिफार्महरु छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework