लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

१३औं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमन्डपमा सुरु

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित,

काठमाडौं, वैशाख ७ । १३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम् प्रविधि प्रदर्शनी राजधानीस्थित भृकुटीमन्डपमा सुरु भएको छ ।

प्रदर्शनीको विहीबार उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे ।

लघु, घरेलु तथा साना उद्योगको प्रबद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको पाँचदिने प्रदर्शनीमा २ सय १५ ओटा अवलोकनकक्ष राखिएका छन् ।

मेलामा स्वदेशीसहित भारत, पाकिस्तान, बंगलादेश र चीनका स्टल रहेको महासंघले जनाएको छ ।

प्रदर्शनीमा हस्तकलाका सामग्री, छालाजन्य वस्तु, हर्वलका उत्पादनलगायतका वस्तु राखिएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework