लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

लगानी बोर्डका उपाध्यक्षमा मन्त्री जोशी नियुक्त

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित, 2892 पटक हेरिएको

काठमाडौं, जेठ ४ । सरकारले उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई लगानी बोर्डको उपाध्यक्षमा नियुक्त गरेको छ ।

                                                                             फाइल फोटो
बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री जोशीलाई बिहीबार सो पदमा नियुक्त गरेका हुन् ।

उपाध्यक्षमा नियुक्त भएलगत्तै मन्त्री जोशीले लगानी बोर्डलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी ठूला पूर्वाधार तथा परियोजना प्रभावकारी ढंगले अगाडि बढाउन सशक्त निकायकारुपमा बोर्डलाई स्थापित गर्नुपर्ने मन्त्री जोशीले बताए ।

बोर्डको कार्यालय नयाँबानेश्वरमा आयोजित स्वागत कार्यक्रममा उनले बोर्डको काम प्रभावकारी बनाउन लगानी बोर्ड ऐन संशोधन गर्नुपर्नेमा जोड दिए ।

आफ्नो विज्ञता र विशिष्टतालाई पहिचान गर्दै रोजगारी, राजस्व तथा समग्र अर्थ व्यवस्थामा योगदान पुग्ने गरी लगानी सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री जोशीलाई बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले स्वागत गर्दै बोर्डका समस्या समाधानमा दिलोज्यान दिएर लाग्न मन्त्री जोशीलाई आग्रह गरेका थिए । रासस

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.