लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

पेट्रोलियम पदार्थको अन्वेषणका लागि ‘ग्लोबल टेन्डर आह्वान गरिने’

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 5665 पटक हेरिएको

काठमाडौं, जेठ ५ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषणकार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताएका छन् ।

                                                                                  फाइल फोटो
उद्योग मन्त्रालयद्वारा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा धनगढीदेखि विराटनगरसम्म १० ओटा ‘ब्लक’को पहिचान भएको भन्दै सबै ब्लकमा उक्त टेन्डरमार्फत् आह्वान गर्ने मन्त्री जोशीले बताए ।

उनले पैसावालाभन्दा पनि प्राविधिकरुपमा सक्षम निजी क्षेत्रलाई काम दिने बताए ।

राष्ट्रको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण योगदान हुने र रसुवामा रहेको जस्ता र सिसा खानी उद्योग सन्चालनमा ल्याउने तयारी भइरहेको मन्त्री जोशीको भनाइ थियो ।

कुनैपनि उद्योगले विशेष औद्योगिक क्षेत्र स्थापना गर्न खोजेमा सरकारले उद्योगको प्रकृति, लगानी र रोजगारीको स्थिति हेरी लगानी गर्ने उनले बताए ।

छालाजुत्ताका व्यवसायीले उद्योग स्थापनाका लागि पहल गरिरहेकाले उक्त क्षेत्रमा लगानी गर्न अर्थ मन्त्रालयसँग पहल भइरहेकोसमेत उनले जानकारी दिए ।

नवलपरासीको धौवादी क्षेत्रमा रहेको फलामखानी सन्चालन गर्ने कार्य अगाडि बढाउने तयारी भइरहेको भन्दै मन्त्री जोशीले गणेश हिमालजस्ता सिसा परियोजना उद्योग सन्चालनमा ल्याउन छलफल भइरहेको बताए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework