लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

रुपन्देहीमा साढे ४ अर्ब बजेट फ्रिज

सोमबार, २ साउन, २०७४ मा प्रकाशित,

दीपक घिमिरे (इमेज): भैरहवा, साउन २ । समयमै काम नगर्दा रुपन्देहीमा आर्थिक वर्ष ०७३/०७४ मा झन्डै साढे ४ अर्ब रुपैयाँ बजेट फ्रिज भएको छ ।

जिल्लाका विकासे अड्डाले समयमै काम नगर्नु, वैशाख र असारमा स्थानीय तहको निर्वाचन पर्नुजस्ता कारण रुपन्देहीमा ४ अर्ब ४२ करोड २७ लाख ९४ हजार ५ सय ७३ रुपैयाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीकाअनुसार १९ अर्ब ९२ करोड २१ लाख ९२ हजार ७ सय १७ रुपैयाँ बजेटमा १५ अर्ब ४९ करोड ९३ लाख ९८ हजार १ सय ४४ रुपैयाँ खर्च भएको छ ।

कुल बजेटको ७७ दशमलव ७९ प्रतिशतमात्र रकम खर्च भएको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework