लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

उद्योग–वाणिज्यको क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री विश्वकर्मा

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित, 707 पटक हेरिएको

काठमाडौं, साउन २८ । वाणिज्यमन्त्री मीन विश्वकर्माले युवाका लागि मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय युवा सम्मेलनको शनिबार राजधानीमा उद्घाटन गर्दै उनले उद्योग र वाणिज्यको क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्न सकिने बताए ।

सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक क्षेत्रको परिर्वतनका लागि युवाको भूमिका महत्वपूर्ण हुने भएकाले युवाहरु समयसापेक्षरुपमा अगाडि बढ्न सक्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद् नेपालका अध्यक्ष सरोज बानियाँलगायतले युवामैत्री कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका थिए ।

उनीहरुले कुल जनसंख्याको ४० प्रतिशत युवाहरु विचलन, नैराश्यता र विभिन्न समस्यामा जकडिएको भन्दै रोजगारमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework