लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

घरेलु उद्यमी महिलाले तयार पारेका सामग्रीहरुको प्रदर्शनी काठमाडौंमा सुरु

बिहीबार, २६ असोज, २०७४ मा प्रकाशित,

काठमाडौं, असोज २६ । घरेलु उद्यमी महिलाले तयार पारेका विभिन्न सामग्रीहरुको प्रदर्शनी बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।

आर्थिक समृद्धि एवं महिलाको सीप विकास गर्ने उद्देश्यले काठमाडौं बिजनेस एन्ड प्रोफेसनल उमन र महिला सशक्तिकरण समूहले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनीमा उद्यमी महिलाले तयार पारेका विभिन्न सामग्री राखिएका छन् ।

प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हरेक ठूला उद्यमीले साना उद्यमीलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले उत्पादित वस्तुको बजारीकरण एवं वस्तु प्रदर्शनीका लागि महानगरले प्रदर्शनीकक्षको व्यवस्था मिलाउन सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा इमेज च्यानलकी उपाध्यक्ष इन्दिरा मानन्धरले प्रत्येक महिलालाई समयको सदुपयोग गर्दै उद्यमशील बन्न सुझाव दिइन् ।

उनले यस्ता प्रदर्शनीले महिला सशक्तिकरणमा सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरिन् ।

कार्यक्रममा महिला सशक्तिकरण र आर्थिक समृद्धिमा सहयोग पुर्‍याएको भन्दै इमेज टेलिभिजनलाई सम्मान गरिएको थियो ।

प्रदर्शनी चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework