लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति निराशाजनक

बिहीबार, २६ असोज, २०७४ मा प्रकाशित,

काठमाडौं, असोज २६ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्रिय गौरवका आयोजनाको निर्माणकार्य निराशाजनक देखिएको छ ।

१८ ओटा राष्ट्रिय गौरवका आयोजनामध्ये ५ आयोजनाको आर्थिक वर्षको तीन महिना सकिँदा एक प्रतिशत रकम पनि खर्च हुन सकेको छैन ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे व्यवस्थापिका–संसदको विकास समितिमा बिहीबार भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारीले तीन महिनाको अवधिमा १८ मध्ये १३ आयोजनाको खर्च ६ दशमलव ११ प्रतिशत र ५ ओटा आयोजनाको शून्य दशमलव ५ प्रतिशत रहेको जानकारी दिए ।

बैठकमा पर्यटन तथा नागरिक उड्डययनमन्त्री जितेन्द्रनारायण देवले मन्त्रालयहरुबीच समन्वय नहुँदा आयोजनाहरुको निर्माणकार्य अगाडि बढ्न नसकेको जिकिर गरे ।

समितिले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सम्पन्न गर्न सम्बन्धित निकायहरुलाई निर्देशनसमेत दिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework