लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

हुन्डाईको ‘भर्ना’ कार सार्वजनिक

सोमबार, २७ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २७ । नेपालका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा पनि ‘भर्ना’ कार सार्वजनिक गरेको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी लक्ष्मी इन्टरकन्टिनेटलका कार्यकारी निर्देशकद्वय निराकार श्रेष्ठ र अन्जन श्रेष्ठले कारको संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।

हुन्डाईको भर्ना कार ६ ओटा रङहरुमा उपलब्ध रहेको छ । यी कारमा पनि अन्यमा सरह तीन वर्षे वारेन्टी, ४ वर्षे निःशुल्क सर्भिसिङ एवं चालू आर्थिक वर्षको करमा छुट दिइएको कार्यकारी निर्देशक अन्जन श्रेष्ठले जानकारी दिए ।

भर्ना कारको प्रतिमू्ल्य ४३ लाखदेखि ४७ लाख रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework