लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विदेशबाट आएकाहरु मतदानमा सहभागी हुन उत्साहित

बुधबार, २० मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानमा सहभागी हुन घर जाने–आउनेको चाप बुधबारसम्मै उल्लेख्य रह्यो ।

निर्वाचनमा मतदान गर्नका लागि आफ्नो सबै कामलाई एक ठाउँमा थाती राखेर विदेशबाट आउने यात्रीको संख्या पनि उस्तै रह्यो । विदेशबाट आएका यात्री पनि मतदानमा सहभागी हुन उत्साहित छन् ।

नेपालमा हुन लागेको निर्वाचन ऐतिहासिक भएकाले मतदानमा सहभागी हुन विदेशी डलरको मोह त्यागेर नेपाल फर्केको यात्रीहरुले बताए । निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको बाटोतर्फ लाग्ने उनीहरुको विश्वास छ ।

आन्तरिक उडानबाट मतदानका लागि घर जाने स्वदेशी यात्रीहरु पनि उत्तिकै उत्साहित रहेका छन् ।

आन्तरिक उडानमा निजी तथा सरकारी स्वामित्वका विमान कम्पनीले ५२ र ७० सिट संख्याको विमान थप गरेसँगै विमानको यात्रा शुल्कमा कमी आएको थियो ।

शुल्कमा आएको कमीले निर्वाचनका लागि घर फर्कने यात्रीले राहत पाएको सर्वसाधारणले बताए ।

आन्तरिक उडानको शुल्कमा आएको गिरावटले पनि हवाईमार्गको प्रयोग गर्नेक्रम बढेको बताइन्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework