लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘कालिमाटी तरकारी बजारलाई प्रादेशिक बजारमा विस्तार गरिने’

मंगलबार, १ फागुन, २०७४ मा प्रकाशित,

काठमाडौं, फागुन १ । कालिमाटी फलफूल तथा तरकारी बजारलाई प्रादेशिक बजारमा विस्तार गर्ने तयारी गरिरहेको कृषि विकास मन्त्रालयका अधिकारीले बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित फलफूल तथा तरकारी बजार विकास समितिको २४औं वार्षिकोत्सवमा मन्त्रालयका सहसचिव काशिराज दाहालले कालिमाटी फलफूल तथा तरकारी बजारलाई प्रादेशिक संरचनाअनुसार झापा, विराटनगर, बुटवल र धनुषामा निर्माण गरिने जानकारी गराए ।

चोभार फलफूल तथा पुष्प बजारको निर्माण निर्धारित् समयमै सम्पन्न हुने पनि उनले बताए ।

व्यवसायीले तरकारीको मूल्य बढाएर कृत्रिम संकट पैदा भएको उपभोक्ताले गुनासो गर्दै आएका छन् । व्यापारीले तरकारीको भाउ मनोमानी ढंगले तोक्दा मूल्यवृद्धि भएको समितिले जनाएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ४५ प्रतिशत तरकारी भारतबाट भित्र्याएको समितिले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework