लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नेपालको यो वर्ष आर्थिक वृद्धि ‘४.६ प्रतिशत’, भारत दक्षिण एसियामा सबैभन्दा अगाडि

सोमबार, ३ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, वैशाख ३ । छिमेकीमुलुक भारतको आर्थिक वृद्धिकै कारण दक्षिण एसिया विश्वमा उच्चतर प्रगतिउन्मुख क्षेत्रकारुपमा नेतृत्वदायी भूमिकामा पुगेपनि नेपालको वृद्धिदर भने साढे ४ प्रतिशतकै हाराहारीमा खुम्चने भएको छ ।

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशतमा सीमित हुने प्रतिवेदन सार्वजनिक गरेको हो ।

भारतको वृद्धिदर भने यो वर्ष ७.३ प्रतिशत र आगामी दुई वर्ष लगातार साढे ७ प्रतिशत पुग्ने उसको अनुमान छ ।

समग्रमा दक्षिण एसियाको यो वर्ष आर्थिक वृद्धिदर ६.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । अर्को वर्ष अझ ७.१ प्रतिशत पुग्ने जनाइएको छ ।

विश्व बैंकले समग्र यस क्षेत्रमा रोजगारी सिर्जना भने अझै कम रहेको भन्दै यसमा वृद्धि हुनुपर्नेमा जोड दिएको छ ।

नेपाल सरकारले चालू आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने संशोधित अनुमान गर्दै आएपनि विश्व बैंक र एडीबीले सरकारी लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण गर्दै आएका हुन् ।

बजेट घोषणामा त ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएकोमा सरकारले हालै मध्यावधि समीक्षामार्फत् ६ प्रतिशतको संशोधित अनुमान गरेको हो ।

एडीबीले हालैमात्र यो वर्ष ४.९ प्रतिशतसम्म आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

विश्व बैंकले गत वर्ष ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सफल भएको नेपालमा यो वर्ष र आगामी दुई वर्ष पनि वृद्धिदर खुम्चने अनुमान गरेको छ ।

नेपालको सन् २०१९ मा आर्थिक वृद्धिदर ४.५ र सन् २०२० मा ४.२ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ ।

तराईमा आएको बाढी, विप्रेषण आप्रवाहमा आउन थालेको सुस्तता, कर्जा व्याजदर वृद्धि नै आर्थिक वृद्धि खुम्चनुका प्रमुख कारण रहेको प्रतिवेदनको भनाइ छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework