लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

कैलाली भन्सारबाट चिनी आयातमा समस्या (भिडियो)

मंगलबार, ४ बैशाख, २०७५ मा प्रकाशित,

बिराज रोस्यारा (इमेज): कैलाली, वैशाख ४ । सरकारी अदूरदर्शी नीतिका कारण वर्षौंदेखि प्रदेश नम्बर–७ का उपभोक्ता मारमा पर्दै आएका छन् ।

कैलाली भन्सार भएर भारतबाट विभिन्न सामान आयात गर्दा व्यवसायीले झन्झट व्यहोर्नपरेको हो ।

प्रदेश नम्बर–७ का उपभोक्ता दैनिक उपभोग्य वस्तुमा मार व्यहोर्न बाध्य भएका हुन् । जसका कारण सरकारी अदूरदर्शी नीति नै हो । यस्तै समस्या चिनीमा देखिएको छ ।

वर्षौंदेखि सरकारले ‘चिनीको आयात मूल्य प्रतिमेट्रिकटन ४६० अमेरिकी डलर कायम गर्नू’ भनेर मौखिक जानकारी आएको भन्सारको दावी छ ।

सबै प्रक्रिया पुर्‍याएर चिनी आयत गर्ने व्यापारीलाई सो रकमभन्दा कममा भन्सार गर्न नसक्ने भन्दै कैलाली भन्सारले व्यापारीको चिनी भन्सार परिसरमा नै राखेको छ ।

व्यापारीले भारतीय बजारबाट प्रतिक्विन्टल २ हजार ८५० भारतीय रुपैयाँमा किनेर ल्याएपनि कार्यालयले प्रतिकिलो ३० भारुभन्दा कम मूल्यमा भन्सार नहुने भनेकाले तीन दिनदेखि चिनी भन्सारमै राख्नुपरेको ठाकुर ट्रेड लिंकका सन्चालक हरिशंकर ठाकुरको गुनासो छ ।

कार्यालयले भनेको सबै प्रक्रिया पूरा गरेर चिनी आयात गरेको भएपनि चिनी रोक्नुको उद्देश्य बुझ्न नसकेको गुनासो उनी गर्छन् ।

ठाकुर ट्रेड लिंकका सन्चालक ठाकुरको एक हजार क्विन्टल चिनी तीन दिनदेखि भन्सारमा रोकिएको हो ।

भन्सार कार्यालय कैलालीका निमित्त भन्सार प्रमुख गोपीकृष्ण उप्रेती भने भन्सार विभागबाट मौखिक जानकारी आएको बताउँदै ३० भारुभन्दा कम मूल्यमा आयात गरेको चिनीको राजश्व काट्न नसक्ने तर्क गर्छन् ।

ऐनले भने प्रक्रिया पूरा गरी आयात गरिएको सामानको जति मूल्यमा आयात गरिएको हो, त्यहीअनुसार राजश्व लिनुपर्ने प्रस्ट व्यवस्था गरेको छ ।

करिब २५ लाख जनसंख्या भएको ७ नम्बर प्रदेशको मुख्य नाका गौरीफन्टा हो । यो बाटो भएर नेपाल भित्रिने चिनीमा राज्यलाई न्यून राजश्व प्राप्त हुँदै आएको छ ।

गत आर्थिक वर्ष २०७३ को साउन मसान्तदेखि फागुन मसान्तसम्ममा १३ हजार ७६० केजी चिनी आयात भएकोमा चालू आर्थिक वर्षको साउन मसान्तदेखि फागुन मसान्तसम्म ४ हजार ९६३ केजी चिनी आयात भएको कैलाली भन्सारले जानकारी दिएको छ । यसबाट उसलाई करिब १२ लाख रुपैयाँमात्रै राजश्व आएको छ । जबकि, ७ नम्बर प्रदेशमा वार्षिक ९० लाख मेट्रिकटन चिनी खपत हुन्छ ।

यहाँ रहेका दुईओटा चिनी मिलले मागको करिब १७ प्रतिशतमात्रै उत्पादन गरिरहेका छन् । बाँकी रहेको चिनी चोर बाटो अर्थात् दुई नम्बरी भएर आउने स्वयं भन्सार कर्मचारी नै स्वीकार्छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework