७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस


962
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरिएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डाक्टर राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवाकोटीको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको हो ।

परेका खनाल अर्थमन्त्रालयका पूर्वसचिव छन्। सिवाकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर हुनुहुन्छ भने उनी अहिले राष्ट्र बैंकको कामु गभर्नरको रूपमा कार्यरत छन् ।

राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर रहिसकेका अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् ।

अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिमा पूर्वसचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य छन् ।