लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

गोर्खा इको प्यानलको नयाँ सोरुम बिजुलीबजारमा

मंगलबार, १८ साउन, २०७३ मा प्रकाशित,

काठमाडौं, साउन १७ । भूकम्प पश्चात ‘प्रिफ्याबरिकेटेड’ घरहरुको माग बढ्दो छ । इन्टरनेसनल ग्रीन डेभलपर्स नेपालले पनि स्वदेशमै प्रीफ्याब प्यानल उत्पादन गर्दै आएको छ । काठमाडौंको बिजुलीबजारमा गोर्खा इको प्यानल (प्रीफ्याब)को नयाँ सोरुम नै विस्तार गरिएको छ ।

काठमाडौं, साउन १७ । भूकम्पपश्चात ‘प्रिफ्याबरिकेटेड’ घरहरुको माग बढ्दो छ । इन्टरनेसनल ग्रीन डेभलपर्स नेपालले पनि स्वदेशमै प्रीफ्याब प्यानल उत्पादन गर्दै आएको छ ।

काठमाडौंको बिजुलीबजारमा गोर्खा इको प्यानल (प्रीफ्याब)को नयाँ सोरुम नै विस्तार गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले सन्चालनमा ल्याइएको नयाँ सोरुमले ग्राहकहरुलाई थप सहज हुने बताए ।

स्वदेशी जनशक्तिबाट उत्पादित उक्त प्यानल भूकम्पप्रतिरोधी एवं पूर्णवातावरणमैत्री रहेको उनले बताए ।

उक्त प्यानल अग्निप्रतिरोधक, पुनःप्रयोग गर्न मिल्ने एवं तापक्रम सन्तुलित गर्नेजस्ता विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ ।

सिमेन्ट, बालुवा, नन एस्बेस्टस क्याल्सियम सिलिकेट बोर्डजस्ता कच्चापदार्थको प्रयोग गरी बनाइएको प्यानल ७० वर्षभन्दा बढी टिक्ने कम्पनीको दाबी छ ।

हाल बजारमा प्रीफ्याबको अत्यधिक मागले गर्दा कम्पनीले उत्पादन क्षमता दोब्बर गरेर वार्षिक १० लाख बर्गमिटर उत्पादन गर्दै आएको जनाइएको छ ।

भूकम्पपश्चात क्षति पुगेको मुलुकको निर्माणमा नेपालमै उत्पादित गोर्खा प्यानलको पनि विशेष योगदान रहने जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework