लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति : प्रधानमन्त्री

शनिबार, २९ पुष, २०७४ मा प्रकाशित,

डिल्लीराज पन्त (इमेज): कन्चनपुर, पुस २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र पुनःस्थापनापछि शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा सरकारले लागू गरेका नीतिका कारण नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन् ।

शनिबार कन्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उनले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा पुगेर उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको बताए ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपतिसमेत रहेका उनले यस विश्वविद्यालय स्थापनाका लागि सुदूरपश्चिवासीको ठूलो योगदान रहेको उल्लेख गरे ।

उनले आफ्नो नेतृत्वको सरकारले गत असोज २ गते यस क्षेत्रका १५ ओटा क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन गरी आंगिक क्याम्पसकोरुपमा दरबन्दीसमेत स्वीकृत गरिसकेको स्मरण गर्दै आगामी दिनमा यस विश्वविद्यालय देशकै अग्रणी विश्वविद्यालयकारुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण भएका २८२ जना विद्यार्थीलाई दीक्षितको प्रमाणपत्र प्रदान गरिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework