लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

निर्वाचन आयोगले गैरसरकारी संस्थाहरुलाई गरायो सचेत

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित, 1603 पटक हेरिएको

काठमाडौं, वैशाख ७ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मत सर्वेक्षणलगायतका कामहहरु नगर्न गैरसरकारी संस्थाहरुलाई सचेत गराएको छ ।

आयोगले बिहीबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई आयोगमा बोलाएर सचेत गराएको हो ।

त्यसैगरी, आयोगले आगामी वैशाख १५ गतेपछि निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न पनि गैरसरकारी संस्थाहरुलाई आग्रह गरेको छ ।

प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले गैरसरकारी संस्थाहरु समाजको तल्लो तहसम्म पुगेकाले मतदातालाई प्रभावित गर्ने कुनैपनि काम नगर्न सुझाव दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework