लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

धनगढी उपमहानगरपालिकाको प्रमुखमा व्यापारी हमालद्वारा उम्मेदवारी घोषणा

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित,

धनगढी, वैशाख ८ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा धनगढी उपमहानगरपालिकाको प्रमुखमा यस क्षेत्रका उद्योगी एवं व्यापारी गोपाल हमालले शुक्रबार आफ्नो स्वतन्त्र उम्मेदावरी घोषणा गरेका छन् ।

कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका हमालले शुक्रबार धनगढीमा आयोजित सभामा धनगढीबाट विकास र समृद्धिको अभियान सुरु गर्न आफूले सो उपमहानगरको प्रमुखमा उम्मेदवारी घोषणा गरेको बताए ।

धनगढी उपमहानगरको प्रमुखमा औपचारिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने हमाल पहिलो व्यक्ति हुन् ।

उपमहानगरको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट उठाउने उम्मेदवारको टुंगो लगाइसकेको छ ।

सो पार्टीले प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षत्रीलाई उठाउने तय गरिसकेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, मालेलगायतका दलले उपमहानगरको प्रमुख, उपप्रमुखमा कसलाई उठाउने भन्ने टुंगो अझै लगाउन सकेका छैनन् ।

७ नम्बर प्रदेशको एकमात्र उपमहानगर धनगढी भएकाले महानगरको प्रमुख तथा उपप्रमुखको पदको टिकट हत्याउन विभिन्न दलमा आन्तरिक प्रतिस्पर्धा निकै बढेको छ ।

साविक सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र रहेको र गएको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विजयी क्षेत्र भएकोले पनि यो उपमहानगरको निर्वाचनलाई दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाउने अनुमान सबैको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework