लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

गोलाप्रथाबाट छानिए वडा अध्यक्ष

बुधबार, ३ जेष्ठ, २०७४ मा प्रकाशित, 4635 पटक हेरिएको

नेपालगन्ज, जेठ ३ । स्थानीय तह निर्वाचनमा प्रदेश ६ का डोल्पा, जुम्ला र सल्यानका मतगणनामा रोचक घटना भएका छन् ।

सल्यानको ढोरचौर गाउँपालिका–४ को वडाअध्यक्ष गोलाप्रथाबाट छानिएको छ । डोल्पाको मुडेचुला र जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रले झिनो मत अन्तरले चुनाव जितेको छ ।

सल्यानको ढोरचौर गाउँपालिका –४ का कांग्रेस र एमालेका वडाअध्यक्ष उम्मेदवारले बराबर मत ल्याएपछि गोलाप्रथाबाट नतिजा टुंग्याइएको हो । कांग्रेसका दिनेश बीएम र एमालेका देवेन्द्र रोका दुबैले ३ सय २१ मत प्राप्त गरेका थिए । वडा अध्यक्ष चयनका लागि गरिएको गोलाप्रथामा कांग्रेसका दिनेश बीएमले बाजी मारे ।

डोल्पाको मुडेचुला गाउँपालिकामा माओवादी केन्द्रका दत्तबहादुर शाही निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायभन्दा २ मत बढी अर्थात् ९ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भए ।

जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रका रजबहादुर शाहीले एमाले प्रत्याशी भैरबहादुर रोकायभन्दा तीन मत बढी ल्याएर अध्यक्ष जिते । –कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework