लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

दोस्रो चरणको निर्वाचनः जेठ १९ गते मनोनयन दर्ता, यस्तो छ कार्यतालिका (भिडियो)

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित,

सुशनसर्जन रामदाम/दिलिप पोखरेल (इमेज): काठमाडौं, जेठ ५ । जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि गृहकार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचन कार्यक्रम तालिकाअनुरुप कार्य अघि बढाइरहेको छ । निर्वाचन कार्यतालिकाअनुसार यही जेठ १९ गते उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गरिनेछ भने २१ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

त्यस्तै, जेठ २२ गते अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनका लागि कर्मचारीहरु खटाउने, तालिम दिने, नयाँ निर्वाचन अधिकृतहरु नियुक्त गर्ने काम भइरहेको जानकारी दिए ।

पहिलो चरणको निर्वाचनमा देखिएको मतदाता शिक्षाको कमजोरीलाई यसपालि न्यूनीकरण गर्ने उद्देश्यबाट मतदाता शिक्षा कार्यक्रम अघि बढाइने मैनालीको भनाइ छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework