लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

गजुरी गाउँपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 1430 पटक हेरिएको

धादिङ, जेठ ५ । गजुरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मतगणनाको अन्तिम परिणमानुसार एमालेका राजेन्द्रविक्रम बस्नेत चार हजार ३३६ मत ल्याइ अध्यक्षमा विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठले चार हजार ६ मत प्राप्त गरे ।

यसैगरी, उपाध्यक्षमा एमालेकै सीता ढुंगाना चार हजार २१४ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका शर्मिला बिसुरालले तीन हजार ८३५ मत प्राप्त गरिन् ।

८ वडा रहेको गजुरी गाउँपालिकामा एमालेले चार तथा माओवादी केन्द्र र कांग्रेसले दुई/दुई वडामा विजय हासिल गरेका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework