लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

भरतपुर महानगरपालिकाको मतगणना रोकियो, कांग्रेस–माओवादी विरोधमा उत्रिए

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित,

चितवन, जेठ ५ । भरतपुर महानगरपालिकाको मतगणना चित्तबुझ्दो नभएको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि शुक्रबार साँझ ७ बजेपछि मतगणनाकार्य रोकिएको छ ।

माओवादी केन्द्रको जिल्ला संयोजक घनश्याम दाहालले महानगरपालिका–९ मा मतगणनाकाक्रममा आफ्नो मत गडबड गरिएपछि विरोध गरेको बताए ।

उनले यसअघि गणना गरिएका वडा नम्बर–४ र ७ मा पनि गडबड भएको भन्दै नसच्याएसम्म गणना अघि बढ्न नहुने बताए ।

प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रसँग मिलेको नेपाली कांग्रेसले पनि गणनामा शंका लागेको भन्दै विरोध जनाएको छ ।

यता, सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले गणनामा कुनै त्रुटि नरहेको बताए ।

कांग्रेस र माओवादीले गणनास्थल र बाहिर नाराबाजी गरेका थिए । भरतपुर महानगरपालिका–१ देखि ९ सम्मको मतगणना सम्पन्न भएको छ । वडा नम्बर–१० को गणना हुँदै गर्दा रोकिएको हो ।

हालसम्म नेकपा एमालेले पाँच वडा र नेपाली कांग्रेसले चार वडामा विजयी हासिल गरेका छन् ।

प्रमुख पदमा नेकपा एमालेका देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीच कडा प्रतिस्पर्धा भएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework