लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

२५० स्थानको परिणाम सार्वजनिक, एमाले १०३, कांग्रेस ९६ र माओवादी ४५ मा विजयी

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 16279 पटक हेरिएको

काठमाडौं, जेठ ५ । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाममा नेपाली कांग्रेस र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा कायमै छ ।

मतगणनाको प्रारम्भमा देखिएको दुई दलबीचको प्रतिस्पर्धा मतगणना अन्तिम चरणतिर पुग्दैगर्दा पनि कायमै रहेको हो ।

शुक्रबार राति साढे ८ बजेसम्म घोषित २५० स्थानको मतपरिणामअनुसार नेकपा एमालेले १०३ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।

यसैगरी, नेपाली कांग्रेसले ९६ स्थानमा प्रमुखमा जित दर्ता गर्दा माओवादी केन्द्र ४५ स्थानमा विजयी भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालले एक/एक स्थानमा प्रमुखमा जित हासिल गरेका छन् ।

त्यस्तै, तीनओटा स्थानीय तहको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework