लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

काभ्रेको मन्डन–देउपुर नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवारको जित

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित,

काभ्रेपलाञ्चोक, जेठ ५ । मन्डन–देउपुर नगरपालिका प्रमुखमा नेकपा एमालेका टोपबहादुर वाइबा विजयी भएका छन् ।

उनले सात हजार ६४६ तथा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्युतप्रसाद पौडेले ६ हजार ३१९ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकै निर्मला शाही सात हजार ५०१ प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका राधिका ढकालले ६ हजार १६० मत प्राप्त गरेकी छन् ।

त्यसैगरी, वडा नम्बर–११ मा एमाले समूह विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार माधवप्रसाद न्यौपाने ९३३ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी जितेन्द्र लामा तामाङले ४७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, वडा नम्बर–१२ का वडाध्यक्षमा कांग्रेसको समूह नै विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार गोविन्दप्रसाद पराजुली ५३४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद पराजुलीले ५२७ मत प्राप्त गरेका छन् ।

यस्तै, धुलिखेल नगरपालिका–६ मा कांग्रेसका सञ्जय कोजु पाँच सय ७६ मत ल्याइ वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रुपक श्रेष्ठले ४५९ मत प्राप्त गरेका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework