लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

सुरक्षाकर्मीलाई भत्तामा विभेद, प्रहरी भन्दा सेनाको दोब्बर बढी भत्ता

शनिबार, ६ जेष्ठ, २०७४ मा प्रकाशित,

काठमाडौं, जेठ ६ । स्थानीय तह निर्बाचन सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका कर्मचारीले पाउने विशेष भत्तामा विभेद देखिएको छ ।

निर्बाचनमा खटिएका सबै तहका सुरक्षाकर्मीलाई समान सुविधा उपलब्ध गराउने भनिए पनि सेना, प्रहरी र सशस्त्रले पाउने भत्ता तह र ठाउँअनुसार फरक फरक छ ।

प्रहरी प्रधान कार्यालयले प्रत्येक कर्मचारीका लागि खाजा भत्ता र दैनिक भत्ता गरी सात दिनको पाँचसयका दरले ३ हजार ५ सय दिएको छ ।

दुई चरणमा हुने स्थानीय तह निर्बाचनमा सशस्त्र प्रहरी र नेपाली सेनालाई भने ११ हजार दिएको छ ।

नेपाल प्रहरीका करिब ४५ हजार कर्मचारी, शसस्त्रका करिब ३२ हजार कर्मचारी तथा नेपाली सेनाका २५ हजार कर्मचारी सुरक्षामा तैनाथ छन् ।

सुगम–दुर्गम र जिम्मेवारी अनुसार सैनिक जनशक्तिलाई ७ हजार देखि १० हजार रुपैंयाँसम्म भत्ता उपलब्ध गराउने तयारी सेनाको छ ।

नेपाल प्रहरीका एक कर्मचारीका अनुसार कम्तिमा ६ हजार दिने भनिए पनि सात दिनको भन्दै ३ हजार ५ सय मात्रै दिने निर्णयले सरकारी विभेद देखिएको प्रहरीमा एक कर्मचारीले बताए ।

मतगणना गर्न नै एकसाता भन्दा बढी लाग्ने त्यसभन्दा एकसाता अघिबाटै खट्नुपर्ने भएकाले पनि प्रहरीलाई दिएको भत्ता निकै कम भएको गुनासो प्रहरी प्रधान कार्यालयमा पुगेको छ ।

निर्बाचनमा खटिने सेना र प्रहरीका लागि अर्थ मन्त्रालयले दैनिक पाँचसय रुपैंयाँका दरले ३० दिनको २ लाख २६ हजार सुरक्षाकर्मीका लागि करिब १ अर्ब ५० करोड रुपैंयाँ भत्ता विनियोजन गरेको छ । जसमा सेना जोडिएको छ्रन् । राजधानी दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework