लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पोखरा-लेखनाथ महानगरमा ६ दिनमा ३० प्रतिशत मात्र मत गणना

शनिबार, ६ जेष्ठ, २०७४ मा प्रकाशित, 2593 पटक हेरिएको

पोखरा, जेठ ६ । पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु भएको ६ दिनसम्म लगभग ३० प्रतिशत मात्र मत गणना भएको छ ।

कुल ३३ वडा रहेको महानगरमा ११ वटा वडाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ ।

महानगरमा कुल खसेको १ लाख २५ हजार ९ सय ३२ मतमध्ये ११ वटा वडाको ३१ हजार ३ सय ७० मतको मात्रै अन्तिम नतिजा आएको छ ।

नतिजा सार्वजनिक भएको ११ मध्ये कांग्रेसले पाँच वडामा प्यानलसहित र दुई वडामा मिश्रित परिणामसहित वडा अध्यक्ष पदमा विजय हासिल गरेको छ भने एमालेले तीन वडामा प्यानल र एउटा वडामा मिश्रित परिणामसहित वडा अध्यक्षमा विजयी भएको छ ।

मतगणनालाई छरितो बनाउन एक साथ चार वडाको छुट्टाछुट्टै स्थानमा गणनाको लागि ११ वटा समूह बनाइएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार कार्यालयले अबको पाँच दिनभित्रमा महानगरको सबै मतगणना सक्ने लक्ष्य राखेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework