लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

काठमाडौं महानगरमा ४० हजार मतगणना, एमालेको अग्रता कायमै

शनिबार, ६ जेष्ठ, २०७४ मा प्रकाशित, 8293 पटक हेरिएको

काठमाडौं, जेठ ६ । शुक्रबार राति अबेसम्मको मत परिणामानुसार कामपामा नेकपा (एमाले) नै अगाडि रहेको छ ।

महानगरपालिका प्रमुखमा नेकपा(एमाले)का विद्यासुन्दरसुन्दर शाक्य १२ हजार नौ सय ८२ मत ल्याएर अगाडि छन् ।

त्यस्तै नेपाली काँग्रेसका राजुराज जोशीले आठ हजार नौ सय १२, विवेकशील पार्टीकी रञ्जु न्यौपानेले पाँच हजार एक सय ८९ र साझा पार्टीका किशोर थापाले तीन हजार ६२ मत प्राप्त गरेकी छन् । नेकपा (माओवादी केन्द्र)का सर्वोत्तमदास डङ्गोलले भने एक हजार चार सय तीन मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले ११ हजार पाँच सय १० र राप्रपाका राजाराम श्रेष्ठले छ हजार छ सय ५१ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म कामपामा लगभग ४० हजार मतगणना भएको प्रमुख निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । मतगणना १, २, २७ र २८ वडाको सम्पन्न भएको र १३ स्थानको जारी रहेको बताइएको छ । रासस

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.