लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 1285 पटक हेरिएको

इलाम, असार ५ । घोषित उम्मेदवार बेपत्ता भएपछि नेकपा माओवादी केन्द्र इलामले इलाम नगरपालिका–१२ मा अर्कैलाई उम्मेदवारी दिन लगाएको छ ।

शनिबार हुने आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएपछि माओवादी केन्द्रले सोही वडामा सोममाया राईलाई उम्मेदवार बनाएको हो ।

बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमासमेत जानकारी गराइएको माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिए ।

उनको खोजीका लागि वाइसीएलसमेत परिचालन गरिएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework