लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

तेह्रथुम–पौठाकमा कांग्रेसकी दलित महिला सदस्य शंकर निर्विरोध निर्वाचित

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 1403 पटक हेरिएको

तेह्रथुम, असार ५ । तेह्रथुमका ६ ओटा स्थानीय तहका २२७ पदका लागि ७८६ जनाले उम्मेदवारी दिएका छन् ।

सोमबार दिनभरका लागि छुट्याइएको दाबी–विरोधको अवधिमा कसैमाथि पनि दाबी–विरोध नआएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिए ।

म्याङलुङ नगरपालिकामा ५२ पदका लागि १८६ जना र लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १४९ जनाले मनोनयनपत्र दर्ता गरेका छन् ।

यसैबीच, मेन्छ्यायेम गाउँपालिका–१ पौठाकमा नेपाली कांग्रेसकी दलित महिला सदस्य उम्मेदवार बिजुलीमाया शंकर निर्विरोध निर्वाचित भएकी छन् ।

सो पदमा अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी–विरोध पनि नपरेकाले शंकर निर्विरोध निर्वाचित भएकी हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework