लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

झापामा एक हजार १७८ जनाको जमानत जफत

बुधबार, २८ आषाढ, २०७४ मा प्रकाशित, 1033 पटक हेरिएको

भद्रपुर, असार २८ । सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ ओटा पदका लागि तीन हजार ३४० उम्मेदवारमध्ये एक हजार १७८ जनाको जमानत जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालयकाअनुसार दश प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको हो ।

सो निर्वाचनमा जिल्लाका कुल पाँच लाख १० हजार २१६ मतदातामा तीन लाख ७२ हजार ८४० जनाले मतदान गरेका थिए ।

जमानत जफत हुनेमा मेचीनगर नगरपालिकामा १५४, अजुर्नधारा नगरपालिकामा १३६, शिवसत्ताक्षी नगरपालिकामा १२८, भद्रपुर नगरपालिकामा १०४, कन्काई नगरपालिकामा ८४, दमक नगरपालिकामा ८०, गौरादह नगरपालिकामा ७३, बिर्तामोड नगरपालिकामा ७८, कचनकवल गाउँपालिकामा ५७, गौरिगन्ज गाउँपालिकामा ४६, झापा गाउँपालिकामा ३७, बाह्रदशी गाउँपालिकामा ६१, कमल गाउँपालिकामा ७१, बुद्धशान्ति गाउँपालिकामा ५४ र हल्दिवारी गाउँपालिकामा २३ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालयका प्रेमप्रसाद न्यौपानेले बताए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework