लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

दाङमा ७२४ जनाको जमानत जफत

बुधबार, २८ आषाढ, २०७४ मा प्रकाशित, 1134 पटक हेरिएको

दाङ, असार २८ । यही असार १४ गते भएको स्थानीय तहको चुनावमा मनोनयन दर्ता गराएका दाङका दुई हजार ३८२ उम्मेदवारमध्ये ७२४ जनाको जमानत जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालयकाअनुसार सो निर्वाचनमा प्रमुख तीन दलका उम्मेदवारमध्ये प्रायले जमानत जोगाएका छन् ।

सहभागी उम्मेदवारमध्ये एक हजार १३८ जनाले जमानत जोगाएका र ५२० जना विजयी भएका थिए ।

उम्मेदवारले जमानत जोगाउन मतसंख्याको करिब १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । तर, ७२४ उम्मेदवारको मतसंख्या हेर्दा केहीले भने एक मत पनि पाएनन् ।

दाङका १० ओटा स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामामात्र १५६ उम्मेदवारको जमानत जफत भएको निर्वाचन अधिकृत विजय कार्कीले जानकारी दिए ।

तीमध्ये प्रमुख पदमा उम्मेदवारी दिएका १० जना, उपप्रमुखमा उम्मेदवारी दिएका ९ जना, वडाध्यक्ष ४१ जना तथा ९६ जना सदस्यको जमानत जफत भएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework