लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

साउनमा मतदाता नामावली संकलन गर्न उपयुक्त नहुने दलहरुको तर्क

बुधबार, २८ आषाढ, २०७४ मा प्रकाशित, 1644 पटक हेरिएको

काठमाडौं, असार २८ । राजनीतिक दलका प्रतिनिधिहरुले साउनमा मतदाता नामवली संकलन गर्ने समयसीमा उपयुक्त नभएको बताएका छन् ।

निर्वाचन आयोगले बुधबार मतदाता नामावली संकलनबारे दलहरुको धारणा बुझ्न डाकेको बैठकमा दलका प्रतिनिधिहरुले स्थानीय तहसम्मै गएर काम गर्न आग्रह गर्दै साउनको समय उपयुक्त नहुने बताएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले गाउँगाउँबाटै मतदाता नामावली संकलनको काम गर्न स्थानीय तहहरुलाई परिचालन गर्ने व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई सुझाव दिए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राजनीतिक दलहरुको मतदाता नामवली संकलनमा महत्वपूर्ण भूमिका हुने बताए ।

निर्वाचन आयोगले आगामी साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकामहरुमा मतदाता नामावली संकलन गर्ने र १६ गतदेखि २० गतेसम्म अध्यावधिक गर्ने निर्णय गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework