लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

मतदाता नामावली संकलनः दलहरु भन्छन्–‘स्थानीय तहमै जाऊ’, आयोग भन्छ–‘सकिँदैन’ (भिडियो)

शुक्रबार, ३० आषाढ, २०७४ मा प्रकाशित, 1537 पटक हेरिएको

सुशनसर्जन रामदाम/नवीन स्थापित (इमेज): काठमाडौं, असार ३० । साउन १ देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने निर्वाचन आयोगको निर्णयले धेरै मतदाताहरु छुट्ने खतरा बढेको छ ।

राजनीतिक दलहरुले कम्तीमा गाउँपालिका तहमा पुगेर नामावली संकलनका लागि आग्रह गरेपनि आयोगले स्रोत–साधन र समय अभाव देखाउँदै आफ्नो अडान छाडेको छैन ।

यसअघि, मतदाता नामावली दर्ता गराउन छुटेका र नयाँ मतदाताहरुका लागि आयोगले नामावली संकलन गर्न लागेको हो । यस्तो संख्या पनि निकै नै हुने अनुमान गरिएको छ ।

तर, ती सबै बालिग नागरिकहरु सदरमुकामसम्म नाम दर्ता गराउन धाउँछन् भन्ने धारणा व्यावहारिक देखिएको छैन । त्यसमाथि खर्च र यात्राको हिसाबले पनि सदरमुकाम पुग्नु उत्तिकै अव्यावहारिक देखिन्छ । जसबाट मतदाता नामावली संकलन अभियान नै प्रभावित हुनसक्छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलहरुले प्रमुख निर्वाचन आयुक्तसहितलाई भेटेर स्थानीय तहबाटै नामावली संकलन गर्न सुझाव दिइसकेका छन् ।

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सदरमुकामबाट नामावली संकलन गर्नु व्यावहारिक नहुने भएकाले स्थानीय तहमै पुगेर नामवली संकलन गर्नुपर्ने बताउँछन् ।

यता, निर्वाचन आयोगका कायममुकायम सचिव महेश्वर न्यौपानेले भने दलहरुको सुझावलाई मनन गरेको तर समय अभाव र स्रोत–साधान तथा जनशक्तिको अभावबाट स्थानीय तहमा पुग्नसक्ने अवस्था नरहेको तर्क गरे ।

त्यस्तै, मतदाता नामवली स्थान्तरणका लागि पनि जिल्लामै जानुपर्ने भएको छ ।

एकातर्फ साउनको भेल अर्कोतर्फ मतदाता नामावलीमा नाम दर्तामात्रै गर्नका लागि सदरमुका पुग्नुपर्ने बाध्यता । यस्तो झन्झटका कारण फेरि पनि मतदाताहरु छुट्ने सम्भावना देखिन्छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework