लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

आइतबारदेखि देशभर मतदाता नामावली संकलन सुरु गरिने

शनिबार, ३१ आषाढ, २०७४ मा प्रकाशित, 3270 पटक हेरिएको

काठमाडौं, असार ३१ । निर्वाचन आयोगले भोली(आइतबार)देखि देशका ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु गर्ने भएको छ ।

प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ १८ वर्ष पुगेका बालिग र छुटेकालाई मध्यनजर गर्दै आयोगले मतदाता नामावली संकलन गर्न लागेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगले साउन १ गते देखि १५ गतेसम्मको लागि नामावली संकलन गर्ने जनाएको छ ।

यसअघि सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि आयोगले यसपटक नागरिकता जारी भएकै जिल्लामा गएर मतदाताको लागि फर्म भर्नुपर्ने जनाएको छ ।

यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि यहि अवधिमा सच्चाउन सकिने व्यवस्था गरिएको छ ।

यसैबीच दलहरुले भने स्थानीयतहमै पुगेर मतदाता नामवली संकलन गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

उनीहरुले मतदाता नामवली संकलनका लागि १ महिनाको अवधि कायम गर्नुपर्ने माग गरेका छन् ।

आयोगले भने समय अभाव र जनशक्ति पर्याप्त नहुँदा घरदैलोमा पुगेर मतदाता नामवली संकलन गर्न नसकिएको जानकारी दिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework