लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएनन्, ६ सय आठजनाको धरौटी जफत

शनिबार, ३१ आषाढ, २०७४ मा प्रकाशित, 1169 पटक हेरिएको

चितवन, असार ३१। स्थानीय तहको निर्वाचन भएको दुई महिना पुग्दासमेत जिल्लाका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् ।

भरतपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छैन भने अन्य ६ तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन खर्च पेश गर्न दिएको समयमा ७२० जनाले मात्रै निर्वाचन खर्च पेश गरेका छन् ।

भरतपुर महानगर बाहेकका एक हजार ५१९ उम्मेदवारमध्ये ७२० जनाले मात्रै निर्वाचन खर्च पेश गरेको कार्यालयले जनाएको छ ।

निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले निर्वाचन खर्च पेश गर्नुपर्ने प्रावधान भए पनि आधा बढी उम्मेदवारले खर्च विवरण पेश नगरेको कार्यालय प्रमुख हरि ढकालले जानकारी दिए ।

भरतपुर बाहेकका ६ स्थानीय तहका ७९९ जना उम्मेदवारले निर्वाचन खर्च पेश गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

केन्द्रमा विवरण पेस गर्दा समयमा बुझाएको र नबुझाएको छुट्टाछुट्टै खुलाएर पठाइने ढकालले बताए ।

६ सय आठजना उम्मेदवारको धरौटी जफत

जिल्लाका निर्वाचन सम्पन्न भएका ६ तहका ६ सय आठजना उम्मेदवारको धरौटी जफत भएको छ ।

भरतपुर महानगरपालिका बाहेकका पाँच नगरपालिका र एक गाउँपालिकाकामा उम्मेदवारी दिएका एक हजार ५१९ मध्ये ६ सय आठ जनाको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख ढकालले जानकारी दिए।
धरौटी फिर्ताका लागि सदर मतको १० प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework