लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएनन्

शनिबार, ३१ आषाढ, २०७४ मा प्रकाशित, 1098 पटक हेरिएको

चितवन, असार ३१ । स्थानीय तहको निर्वाचन भएको दुई महिना पुग्दासमेत चितवनका अधिकांश उम्मेदवारले खर्च विवरण पेस गरेका छैनन् ।

भरतपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छैन भने अन्य ६ तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन खर्च पेस गर्न दिएको समयमा ७२० जनालेमात्रै निर्वाचन खर्च पेस गरेका छन् ।

भरतपुर महानगरबाहेकका एक हजार ५१९ उम्मेदवारमध्ये ७२० जनालेमात्रै निर्वाचन खर्च पेस गरेको कार्यालयले जनाएको छ ।

निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले निर्वाचन खर्च पेस गर्नुपर्ने प्रावधान भएपनि आधा बढी उम्मेदवारले खर्च विवरण पेस नगरेको कार्यालय प्रमुख हरि ढकालले जानकारी दिए ।

भरतपुरबाहेकका ६ स्थानीय तहका ७९९ जना उम्मेदवारले निर्वाचन खर्च पेस गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

केन्द्रमा विवरण पेस गर्दा समयमा बुझाएको र नबुझाएको छुट्टाछुट्टै खुलाएर पठाइने ढकालले बताए ।

६०८ जना उम्मेदवारको धरौटी जफत
जिल्लाका निर्वाचन सम्पन्न भएका ६ तहका ६०८ जना उम्मेदवारको धरौटी जफत भएको छ ।

भरतपुर महानगरपालिकाबाहेकका पाँच नगरपालिका र एक गाउँपालिकाकामा उम्मेदवारी दिएका एक हजार ५१९ मध्ये ६०८ जनाको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख ढकालले जानकारी दिए ।

धरौटी फिर्ताका लागि सदर मतको १० प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework