लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

उम्मेदवारहरुले निर्वाचन खर्च सार्वजनिक गर्न मानेनन्

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 1038 पटक हेरिएको

रसुवा, साउन २ । स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका रसुवाका उम्मेदवारहरुले निर्वाचन खर्च सार्वजनिक गर्न बेवास्ता गरेका छन् ।

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको ३० दिनभित्र सबै उम्मेदवारले खर्च विवरण अनिवार्य पेस गर्नुपर्नेमा अहिलेसम्म २५ प्रतिशतले मात्र निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।

जिल्लामा विभिन्न पदका लागि ५ सय १७ जनाले चुनावमा प्रतिस्पर्धा गरेकोमा १ सय २० जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी नबिन खालिङले जानकारी दिए ।

नियम उल्लंघन गर्दै निर्वाचन खर्च विवरण नबुझाउने ३ सय ९७ जनालाई कारबाही गर्ने तयारी भइरहेको खालिङको भनाइ छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework