लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

जिसस कालीकोटमा माओवादी केन्द्र विजयी

बिहीबार, २६ साउन, २०७४ मा प्रकाशित, 861 पटक हेरिएको

कालीकोट, साउन २६ । जिल्ला समन्वय समिति कालीकोटमा नेकपा माओवादी केन्द्र समूह विजयी भएका छन् ।

बिहीबार भएको मतदानमा समितिको प्रमुखमा अनिपाल शाहीले ११ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर शाहीले ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत केशवराज पाण्डेले बताए ।

त्यसैगरी, उपप्रमुखमा लक्ष्मी विष्ट (नेपाली) विजयी भएकी छन् भने सदस्यमा अनन्त विश्वकर्मा, ऐना शाही, नेत्रराज शाही, अक्कलबहादुर शाही, पान्का दमाई, कमला जैसी र वृख शाही विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework