लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

गोरखाबाट को–को भए उम्मेदवार सिफारिस ?

बिहीबार, २६ असोज, २०७४ मा प्रकाशित,

गोरखा, असोज २६ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रमा वाम गठबन्धनका नाममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच तालमेल गर्ने तयारी भइरहेका बेला गोरखामा भने एमाले, माओवादी र नयाँ शक्तिले आफ्नो पार्टीबाट छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका छन् ।

एमाले गोरखाले प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर–१ बाट यादव बस्नेतको नाम सिफारिस गरेको छ ।

सोही क्षेत्रमा माओवादीले हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जाराको नाम सिफारिस गरिसकेको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा एमालेले विकलकुमार श्रेष्ठ, बुद्धि दवाडी र मैती सुनारलाई सिफारिस गरेको छ भने सो क्षेत्रमा माओवादीले नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चूडामणि खड्काको नाम सिफारिस गरेको छ ।

त्यस्तै क्षेत्र नम्बर–१ को प्रदेशसभा सदस्यका लागि एमालेले रामशरण बस्नेत र सुरेन्द्र थापाको नाम सिफारिस गरेको छ ।

माओवादीले लेखबहादुर थापा, माया चेपाङ र जानुका पौडेलको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर–१ को प्रदेशसभा–२ मा एमालेले कृष्ण नेपाली र टेकराज भट्टको नाम सिफारिस गरेको छ भने सो क्षेत्रमा माओवादीले ऋषि खनाल, स्थिरप्रसाद खनाल र नीमा लामाको नाम सिफारिस गरेको पार्टीले जनाएको छ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा एमालेले हरि काफ्ले र प्रकाश न्यौपानेको नाम सिफारिस गरेको छ भने माओवादी केन्द्रले कमला नकर्मी, विवश चिन्तन र बन्दना पाण्डेको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा सदस्यका लागि एमालेले देवराज श्रेष्ठ र विश्वज्योति बानियाँको नाम सिफारिस गरेको छ भने माओवादीले अमर तमु, दीपक देवकोटा र भगवती तिवारीको नाम सिफारिस गरेको छ ।

वाम गठबन्धनमा रहेको अर्को दल नयाँ शक्ति पार्टीले क्षेत्र नम्बर–२ को प्रतिनिधिसभामा पार्टी संयोजक डा. बाबुराम भट्टराईलाई उठाउने भएको छ । अन्य क्षेत्रमा नयाँ शक्तिले उम्मेदवार सिफारिस गरेको छैन ।

कांग्रेसले आकांक्षीको नाम केन्द्रमा पठायो
नेपाली कांग्रेस गोरखाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार केन्द्रमा सिफारिस गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा हरि घले, चीनकाजी श्रेष्ठ, राजेन्द्र बजगाइँ, भूगोल थापा, किरणबाबु श्रेष्ठ, देवेन्द्र वाग्ले, बुद्धिप्रसाद श्रेष्ठको नाम सिफारिस भएको हो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा कांग्रेसले सुरेन्द्रराज पाण्डे, कमला पन्त, अब्दुल सतार, चेतमान श्रेष्ठ र राजनदेव भट्टको नाम सिफारिस गरी केन्द्र पठाएको पार्टी सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–१ को प्रदेशसभा–१ मा धिरन थापा, तुलाराम दाहाल, रेशम गुरुङ, विश्वदेव श्रेष्ठ, जनार्दन अर्याल, परशुराम पन्त, भीमप्रसाद अर्याल, ठाकुर पन्त, भगवान मास्के, ध्रुव खनाल, जानुका पन्त, कमल अम्गाइँको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–१ को प्रदेशसभा–२ मा नन्दप्रसाद न्यौपाने, ठाकुर पुडासैनी, डिल्लीराम तिमिल्सिना, युवराज बस्ताकोटी, भरत भट्ट, फणिन्द्र भट्ट, धर्मेन्द्रकाजी श्रेष्ठ, रामकृष्ण लामिछाने, शीतलकाजी श्रेष्ठ, कृष्णप्रसाद भट्ट र प्रेम खत्रीको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा–१ मा रविकला खनाल, बलराम खड्का, इमानसिँह बस्नेत, अम्बिका न्यौपाने, पदम भट्टराई, कृष्ण पोखरेल, ईश्वर परियार, चन्द्रप्रकाश मरहट्ठा, इन्द्रमान गुरुङ, चेतनारायण श्रेष्ठ र गेहेन्द्रराज विष्टको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा–२ मा प्रकाशचन्द्र दवाडी, गोविन्द गुरुङ, मनकुमारी गुरुङ, सुकदेव दवाडी, ओम गुरुङ, मोहन पोखेरेल र सिपी पोखरेलको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework