लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

कांग्रेसले फर्जी मत हाल्न खोज्दा झडप

बिहीबार, २१ मंसिर, २०७४ मा प्रकाशित,

अछाम, स्याङ्जा, मंसिर २१ । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर–५ लुंग्रास्थित दयापिपलतोला मावि मतदान केन्द्रमा बिहीबार झडप भएको छ ।

नेपाली कांग्रेसले फर्जी मत हाल्न खोज्दा झडप भएको स्थानीय धीराजन खड्काले जानकारी दिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ ।

उक्त मतदानस्थल वरपर नेपाली सेनाको हेलिकोप्टरले हवाई गस्ती गरिरहेको छ ।

झडपमा कतिजना घाइते भए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

उक्त मतदान केन्द्र अछाम क्षेत्र नम्बर–१ को प्रदेशसभा क्षेत्र नम्बर–१ का कांग्रेस उम्मेदवार मेघराज खड्काको मतदान केन्द्र हो ।

स्याङ्जामा पनि झडप
स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत् तुलसी भञ्ज्याङको साविक गाविस भवन केन्द्रमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

झडप नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको छ ।

यस्तै, स्याङ्जाकै चापाकोट नगरपालिकाको सेखाम र मल्याङकोटमा कांग्रेसले बुथकब्जा गरेको उजुरी वाम गठबन्धनले गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework