लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पहिलो चरणको निर्वाचनको मतगणना कार्य सुरु

बिहीबार, २१ मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर २१ । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएका छन् ।

अहिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य सुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको छ ।

जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेकाअनुसार कुल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङमा ६ हजार ७१४ मत खसेको थियो ।

त्यसैगरी, कुल पाँच हजार ८८१ मतदाता रहेको मनाङमा चार हजार ३३८ मतदाताले मतदान गरेका थिए ।

बैतडीमा ७६ हजार ३४३ मत खसेको थियो ।

करिब ८० प्रतिशत मत खसेको बताइएको बाजुरामा ५२ हजार ९४५ मतको गणना गर्नुपर्नेछ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework