लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

जाजरकोट र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता

बिहीबार, २१ मंसिर, २०७४ मा प्रकाशित,

जाजरकोट, सोलुखुम्बु, मंसिर २१ । जाजरकोटमा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याएका छन् ।

त्यस्तै, जाजरकोटको प्रदेशसभा ‘क’मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र कांग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गरेका छन् ।

प्रदेशसभा ‘ख’मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २०० मत प्राप्त गरी अग्रता लिएका छन् भने कांग्रेसका दीपकजंग शाहले ६६२ मत प्राप्त गरेका छन् ।

सोलुखुम्बुमा पनि वाम गठबन्धनको अग्रता
सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठबन्धनको अग्रता रहेको छ ।

प्रतिनिधिसभातर्फ एक हजार ४१७ मतगणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार राईले ७३४ मत ल्याएर अग्रता लिएका छन् । कांग्रेसका बलबहादुर केसीले ४३७ मत ल्याएका छन् ।

यस्तै, प्रदेशसभा ‘क’मा वाम गठबन्धनबाट एमालेका उत्तमकुमार बस्नेतले ४२५ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका प्रकाससिं कार्कीले १७४ ल्याएका छन् ।

प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाटै एमालेका बुद्धिकुमार राजभण्डारीले २४५ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका आंगगेलु शेर्पाले २३० मत ल्याएका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework