लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

दलहरुले समानुपातिक सूची बुझाए

सोमबार, २९ माघ, २०७४ मा प्रकाशित,

काठमाडौं, माघ २९ । राष्ट्रिय दलको मान्यता पाएका पाँच दलले सोमबार निर्वाचन आयोगलाई प्रतिनिधिसभा समानुपातिकतर्फ आफूले प्राप्त गरेको सिट संख्याअनुसार सांसदहरुको नाम सिफारिस गरेका छन् ।

निर्वाचन आयोगले यसअघि नै आयोगमा दलहरुले बुझाएको बन्दसूचीबाट नाम सिफारिस गर्न सोमबार अपराह्न ५ बजेसम्मको समय तोकेको थियो ।

आयोगले तोकेको समयसीमाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले सांसदहरुको नाम सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरमले ६ र राजपाले ६ सिट पाएका छन् ।

दलहरुले सिफारिस गरेका नामहरुको रुजु गरेपछि आयोगले सूचीलाई अन्तिमरुप दिनेछ । सूची त्रुटीपूर्ण भए सच्याउनका लागि दुई दिनको समय दिइनेछ ।

आयोगले प्रतिनिधिसभाको सम्पूर्ण मतपरिणाम ढिलोमा आगामी फागुन ५ गतेभित्र राष्ट्रपतिलाई बुझाइसक्ने तयारी गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework