लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चिसो बढेसँगै विद्युत् उत्पादनमा गिरावट

शुक्रबार, २८ पुष, २०७४ मा प्रकाशित,

नुवाकोट, पुस २८ । चिसो बढेर त्रिशूली नदीको पानीको वहाव घटेपछि त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ ।

वायुमन्डलको तापक्रम अघिल्लो वर्षको यही समयभन्दा निकै चिसो भएर नदीमा पानीको वहाव घटेकाले २१ मेगावाट क्षमताको त्रिशूली केन्द्रको उत्पादन १३ मेगावाटमा झरेको छ । तापक्रमको दर निरन्तर घट्दै हिउँ पग्लेर बनेको त्रिशूलीमा पानीको सतहमा आएको गिरावटले केन्द्रको विद्युत् उत्पादन घटेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

पानीको वहाव कम हुँदा केन्द्रका सातमध्ये हाल पाँचमात्र टर्वाइन सन्चालनमा छ । पुस सुरु भएसँगै बढेको चिसाले हिमताल तथा हिमाल पग्लने दर कम भएर त्रिशूलीमा पानीको मात्रा घटेकाले अघिल्लो साता केन्द्रको विद्युत् उत्पादन १८ मेवामा ओर्लिएको थियो ।

हिमनदी त्रिशूलीको वहाव माघ–फागुनमा कम हुने र चैतको न्यानो मौसम लागेसँगै वृद्धि हुने गरेको छ । अघिल्लो वर्षमा माघको अन्तिमदेखि फागुन पहिलो साता पानीको वहाव कम भएर विद्युत् उत्पादन १४ मेगावाटसम्म गिरावट हुने गरेकामा यस वर्ष पुस अन्तिम सातामा नै अघिल्लो वर्षभन्दा कममा उत्पादन झरेको हो ।

नदीमा पानीको वहाव कम भएपछि त्रिशूली केन्द्रको पानीको निकासबाट विद्युत् उत्पादन गर्दै आएको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन क्षमता ११ मेगावाटमात्र छ । देवीघाट केन्द्रको पूर्ण क्षमता १४ मेगावाट हो ।

त्रिशूली केन्द्र प्रमुख भट्टका अनुसार अघिल्ला वर्षभन्दा यस वर्ष चिसो मौसम चाँडै आएको र तापक्रमसमेतमा निकै गिरावट भएकाले पानीको वहावमा भएको गिरावटले विद्युत् उत्पादन दर अझै घट्दै जाने देखिएको छ । त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रले वैशाखदेखि मंसिरसम्म उत्पादन क्षमतानुसार शतप्रतिशत विद्युत् उत्पादन दिँदै आएका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework