लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘आइफा' अवार्डमा शाहिद र आलियाको जोडी ‘हिट’, उत्कृष्ट फिल्ममा ‘नीरजा’

आइतबार, १ साउन, २०७४ मा प्रकाशित, 10201 पटक हेरिएको

काठमाडौं, साउन १ । भारतीय चलचित्र उद्योग (बलिउड)को १८ औं ‘इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड’ (आइफा)मा सबैभन्दा उत्कृष्ट चलचित्र ‘नीरजा’ बन्न सफल भएको छ ।

गत शुक्रबारबाट अमेरिकाको न्युयोर्क शहरमा हरियो कार्पेटमाथी धुमधामले मनाइएको उक्त कार्यक्रममा चलचित्र ‘नीरजा’ले सबैभन्दा उत्कृष्ट भारतीय फिल्मको अवार्ड हात पारेको हो ।

नेशनल फिल्म अवार्डबाटसमेत सम्मानित फिल्म ‘नीरजा’ एक एयर होस्टेजको आम कथामा बनेको छ ।

त्यस्तै, गतवर्षको फिल्म ‘उड्ता पन्जाब’मा शाहिद र आलियाको जोडी सफल मानिएको छ । किनभने एउटै फिल्मबाट दुबैले पुरुष र महिलातर्फ उत्कृष्ट कलाकारको ‘आइफा' अवार्ड’ हात पार्न सफल भए ।

पछिल्लो वर्षमा बलिउडमा प्रर्दशन गरिएका चलचित्रबाट मनोनित भएका फिल्म र कलाकारबाट प्रत्येक विधामा आइफा अवार्ड दिने गरिन्छ । बलिउडमा बहुप्रतिष्ठित र सबैभन्दा महत्वपूर्ण मानिएको ‘आइफा' अवार्ड क–कसले बाजी मारे त ?

उत्कृष्ट फिल्म – नीरजा

उत्कष्ट कलाकार (मुख्य रोल)को अवार्ड –शाहिद कपूर, फिल्म ‘उड्ता पन्जाब’ र
                                                      –आलिया भट्ट फिल्म ‘उड्ता पन्जाब’

उत्कृष्ट निर्देशन –अनिरुध रोय चौधरी फिल्म ‘पिंक’

उत्कृष्ट प्लेब्याक गायक –गायक अमित मिश्राले फिल्म ‘ए दिल है मुश्किल’, 
                                  –गायीका तुलसी कुमार फिल्म ‘एअरलिफ्ट’ र
                                  –गायीका कनिका कपुरले फिल्म ‘उड्ता पन्जाब’

उत्कुष्ट भिलेन (नेगेटिभ रोल) – जिम शार्भा फिल्म ‘नीरजा’

उत्कृष्ट सहयोगी अभिनेता  – अनुपम खेर फिल्म ‘धोनी, द अन टोल्ड स्टोरी’ र
                                       –शबना आजमी फिल्म ‘नीरजा’

उत्कृष्ट हाँश्य (फन्नि रोल) अभिनेता – वरुण धमन फिल्म ‘ढिस्सुम’

उत्कृष्ट नव कलाकार –दिलजीत दोसांझ, फिल्म ‘उड्ता पन्जाब’ र
                             –दिशा पटानी, फिल्म ‘धोनी, द अन टोल्ड स्टोरी’

उत्कृष्ट पटकथा – आयशा देवेत्रे ढिल्लन र शकुन बत्रा फिल्म ‘कपूर एन्ड सन्स’

उत्कष्ट गितको अवार्ड  –‘चन्ना मेरे या...’ गितकार अमिताभ भट्टाचार्य फिल्म ‘ए दिल है मुश्किल’

वुमेन अफ दि इएरको अवार्ड – तपसी पन्नु

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework