लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

संगीतकर्मी कल्याणकारी कोषलाई गायक तुलाले दिए ५० हजार

आइतबार, १७ पुष, २०७३ मा प्रकाशित, 2989 पटक हेरिएको

काठमाडौं, पुस १७ । गायक तथा संगीतकार तुला पर्वतले संगीतकर्मी कल्याणकारी कोषमा ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

अंग्रेजी नर्व वर्षको अवसरमा परेको जन्मदिनका दिन नै तुलाले संगीतकर्मी कल्याणकारी कोषलाई ब्यक्तिगत रुपमा उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।

रोजगारीको शिलशिलामा मकाउमा रहेका तुलाले सांगीतिक क्षेत्रमा नै कुनै न कुनै रुपमा आफ्नो तर्फबाट पनि योगदान दिने विषयमा सोचीरहेको र संगीतकार लक्ष्मण शेष र सुरेश अधिकारीसँको कुराकानीपछि कोषलाई उक्त रकम हस्तान्तरण गर्न आँफु तयार रहेको बताए ।

तुलाले कोषलाई मजबुत बनाउनका खातीर आँफुले सहयोग गर्ने घोषणा गरेका हुन् । उनले उक्त रकम केही दिन भित्रैमा कोषका पदाधिकारीलाई हस्तान्तरण गर्ने जनाएका छन् ।

तुलाले आगामी दिनमा पनि यस्तै किसिमका सामाजिक कामलाई निरन्तरता दिने बताएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework