लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new
Gold & Diamond

नायिका बेनिशा हमाललाई प्रेममा पारे अनिलले(भिडियो हेर्नुहोस)

मंगलबार, १९ पुष, २०७३ मा प्रकाशित, 3419 पटक हेरिएको

काठमाडौं, पुस १९ । नायिकाहरु प्रेममा परेको, सम्बन्ध विच्छेदभएको समाचार आउनु नौलो रहेन अब । यसै सिलसिलामा सुन्दरी नायिका बेनिशा हमालको प्रेमको चर्चा यतिबेला उत्कर्षमा छ ।

बेनिशाका प्रेमी अरु कोही नभएर अनिल थापा हुन् । तर यो जोडी आफ्नो निजी जीवनको प्रेममा नभई चर्चित आधुनिक गायक त्रिलोक रानाको नँया गिती एल्बम “वरदान” मा समावेश गीत ‘काँडा छोए फुल बन्छ’को म्युजिक भिडियोको दृश्यमा देखाइएको प्रेम हो ।

गीतमा बेनिसा पूरै प्रेममा परेको दृश्य देख्न पाइन्छ । उत्कृष्ट अभिनय र सुहाउदिलो ड्रेसमा देखिएकी बेनिसा अनिलसँग लजालु तवरले प्रेममा परेको देखाइएको छ ।

विभिन्न ८ वटा गित समावेश गरिएको उक्त एल्बमको पहिलो गित काँडा छोए फुल बन्छको म्युजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । सुनिल मास्केको संगित तथा किशोर थापाको शब्द रहेकोछ ।

दर्जनौँ चर्चित गितमा स्वर भरिसकेका गायक रानाका उक्त एल्बममा तिमीलाई छुने हावा घाम भाग्यमानी, पहिलो भेटमा तिमीसंग माँया गाँसु लाग्यो, जलाउँ झैँ लाग्छ संसार सारा,कोही छ की यहाँ डौतरी मिल्ने, तिमीले सियोमा धागो हालेको,मुटुको धुप जलिरहन्छ र भुली दिनु भन्थ्यौ तिमीले गरी जम्मा ८ वटा गित समावेश गरिएको छ ।

तिमी जस्तो छैन कोही, मन पराई तिमीले हत्ते गर्‍यौनी, भुपु मायाँलु , मनको खाली भित्ता भरी जस्ता दर्जनौँ हिट गीत दिएका गायक रानाले अर्को भिडियो पनि सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.